काठमाडौँ २९, रेलको बाटो फेम्ड लक्ष्मण देबकोटा र सरस्वती खत्री अभिनित “नुनको भारी” नामक म्युजिक भिडियो सार्वजनिक गरिएकोछ । दुर्गमको पिडालाइ यथार्थ चित्रण गरिएको गीतको भिडियोलाइ शुक्रवार बादल थापा अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

रेलको बाटो गीत लेखेर दुर्गमका पीडा कोर्न खप्पिस ठहरिएका लेखराज गिरिकै शब्द रहेको गीत नुनको भारिमा लय तथा स्वर बादल थापाको रहेको छ । हेर यो मुटुमा चिरा पर्याछ , रुदा रुदै , धुरुरु जस्ता हिट गीत गाइसकेका बादलका लागि पनि यो गीत अलि पृथक अनुभव हो ।

भिडियो समिक्षा फिल्म्सले निर्माण गरेको भिडियो
डोल्पामा १६ दिन लगाएर खिचिएको थियो । “सायद यति धेरै समय लगाएर खिचिएको यो पहिको भिडियो हो” समिक्षा फिल्मसका निर्माता अर्जुन डोटेलले बताए । भिडियो नुनको भारी भिमसेन कल्याल ठकुरीले छायांकन गरेका हुन भने निर्देशन बिनय राज पौडेलको रहेकोछ । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियो पदम सुबेदिले सम्पादन गरेकाहुन भने रङ संयोजन मिलन बिश्वकर्माको रहेकोछ।

“नुनको भारी कहिले नछुट्ने गरिबको कुम्ला
गाउँ बस्तीको एउटै ब्यथा डोल्पा मुगु हुम्ला
च्यात्तिएको छानो , पेटभरि खाने
सपना भैगो गाडी चढी शहर जाने ”

मोटर नपुगेको कारण सधैंभरी भोको पेटमा भारी बोकेर अफ्ठ्यारो गोरेटो हिड्नु पर्ने बाध्यताका साथसाथै बिरामी हुँदा औषधिको अभाब र उपचार गर्न शहर आउनु पर्दा नि हवाइजहाजको टिकट महँगो भएर त्यहाँका बासिन्दा अकालमै मर्नुपर्ने जस्ता दर्दनाक पीडा भिडियोमा झल्काइएको छ ।

“आकाशमा उड्ने गाडी चढाउ म केगरी
मर्ने भइन मेरि प्यारी यतै थला परि
तिमी बस्ने नेपाल हजुर सुबिधा छन कति
गाउँमा कठै सधैं अभाव नुन पानी ओखती “

गाउँ र शहरबिचको बिकासको अबस्थालाई तुलनात्मक व्यंग्य गरिएको भिडियो नुनको भारी मा यता शहर अर्थात काठमाडौमा थुपै सुबिधा हुदैगर्दा उता गाउँमा नुन पानी र ओखतीको अभाव रहेको तितो यथार्थ पनि चित्रण गरिएकोछ । शहरमा पिजा बर्गर खांदै गर्दा अझै पनि दुर्गमका जनता पेट भर्नको निम्ति कन्दमुल खोज्न जङ्गल जानुपर्ने कारुणिक यथार्थ नुनको भारिमा चित्रण गरिएकोछ ।

“कन्द मुल खोज्न जंगल जान्छन यता गाउँमा
पिजा बर्गर खान्छौ होला तिमी बस्ने ठाउँमा

भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *