एनआरएनए जापानको छात्रा मैत्री कार्यक्रमसंगै “छात्रा स्कुल पठाऔं”अभियान शुरु

२०७८ फाल्गुन १, आईतवार २२:५३ गते २०७८ फाल्गुन १, आईतवार २२:५३ गते २०७८ फाल्गुन १, आईतवार २२:५३ गते

जापान । एनआरएनए जापानले छात्रा मैत्री कार्यक्रम संगै “छात्रा स्कुल पठाऔं “अभियान शुरु गरेको छ । केहि समय यता एनआरएनए जापानले दर्जनौ कार्यक्रमहरुलाई महत्वका साथ कार्यन्वयन गर्दै जानेक्रममा छात्राहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्न लागेको हो ।
प्रवासमा रहेर पनि मातृभुमिलाई स्मरण गर्दै कृषकसंग एनआरएनए(पशु तथा कृषि मेला), महिला साक्षर कार्यक्रम ॲन्तरगत (पौड शिक्षा, महिला भलिवल), छात्रा मैत्री (शैक्षिक सामाग्री बितरण) र एनआरएनए कप हाजिरिजवाफ प्रतियोगिता , बाल बक्तित्वकला ,एतिहासिक क्षेत्रिय भेला जस्ता बिशेष योजनाहरु ल्याएको छ ।
एनआरएनए छात्रा मैत्री कार्यक्रम अन्तरगत आज पहिलो चरणमा लमजुङको श्री ज्ञानोदय माबि साहिलिटार मा अध्ययनरत १२९ छात्रा बिधार्थीको लागि कापि र कलम प्रोत्साहन स्वरुप हस्तान्तरण गर्ने र देश ब्यापी रुपमा छात्रा स्कुल पठाऔं अभियान प्रारम्भ गर्नेछ ।

श्री ज्ञानोदय माबिका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व प्रधानाध्यापक प्रेम पोखरेलको प्रमुख आतिथ्यतमा ,प्रधानाध्यापक अच्युत घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण शिक्षक सन्तोष अधिकारीले गर्नु भएको थियो , भने शिक्षक लक्ष्मि दोवाडी बाट कार्यक्रमको पुष्टी संगै कक्षा दश की छात्रा ज्योतिषा पोखरेलले बिधार्थीको तर्फबाट एनआरएनए जापानलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो।प्रधानाध्यापक अच्यूत घिमिरेका अनुसार शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम निकै उत्साहजनक भएको र छात्रा प्रोत्साहन स्वरुपका शैक्षिक सामाग्रीहरु बिधार्थीलाई हस्तान्तरण गरिदा छात्रा बिधार्थी , अभिवावक, शिक्षक र स्थानियहरु निकै खुशि भएको बताउनु भयो ।

यस्तै गरि बिभिन्न समयमा एनआरएनए जापानले नेपालका स्कुलहरु मार्फत बिधार्थीहरुलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा खेलकुदका सामाग्रि( भलिवल, नेट, फुटबल ) जस्ता सामाग्री पनि बितरण गरिने अध्यक्ष अनिता गुरुङले बताउनु भयो । बिसं २०१५ सालमा स्थापना भएको उक्त बिधालयमा हाल जम्मा बिधार्थी संख्या २८५ मध्ये १२९ जना छात्रा अघ्यनरत छन् भने २१ जना शिक्षक रहेका छन् साथै पॅाचवटा स्कूल भवन रहेका छन्।आज फागुन १ गते अर्थात फेब्रअरी १३ तारिख आईतबार एक कार्यक्रम गरी बिधार्थीको लागि पहिलो चरणको अभियान स्वरुप शैक्षित समान हस्तान्तरण गरिएको प्रवक्ता सरिता ढकाल ले बताउनु भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *