कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जना पक्राउ

२०७८ फाल्गुन ६, शुक्रबार १६:४९ गते २०७८ फाल्गुन ६, शुक्रबार १६:४९ गते २०७८ फाल्गुन ६, शुक्रबार १६:४९ गते

जुम्ला, ६ फागुन – कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी
गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नव जंग रोकाया, २४ वर्षीय बखत
रोकाया र २४ वर्षीय ईश्वर पछाई रहेका छन् । सामान्य बादबिबादमा उनीहरू समेत ४
जनाले बिहीबार साँझ कुटपिट गर्दा घाइते भएका वडलाई उपचारको लागि कर्णाली
स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी
गोठिच्युलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कुटपिटमा संलग्न हाल फरार रहेका सोही ठाउँ बस्ने २१ को कुरम रोकायको खोजी
गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *