संकटमा देशको नतृत्व काँग्रेसले नै गर्नैपर्छः सहमहामन्त्री आङदेम्बे

२०७८ फाल्गुन १३, शुक्रबार २१:०१ गते २०७८ फाल्गुन १३, शुक्रबार २१:०१ गते २०७८ फाल्गुन १३, शुक्रबार २१:०१ गते

संकटमा देशको नतृत्व काँग्रेसले नै गर्नैपर्छः सहमहामन्त्री आङदेम्बे

काठमाडौं,१३ फाल्गुण ः नेपाली कांग्रेशको संसदमा हुने उपस्थीतीको आकारले कुनै फरक नपार्ने नेपाली कांग्रेसका सह महामन्त्रि भिष्मराज आङदेम्बेले बताए ।
शुक्रबार धनकुटाम अगुवा कार्यकर्ता भेलामा बोल्दै आङदेम्बेले नेपाली कांग्रेस इतिहाँस देखि नै मुलुक संकटामा भएको बेलामा नेपाली कांग्रेशले नेै हरेक समस्या समाधान गर्न नेतृत्व गर्नु परेका कारण नेपाली कांग्रेस निर्वाचनबाट कुन पोजिसनमा छ भन्ने कुनै मतलव भएन तर संकटमा नेतृत्वमा गर्न बाध्य भएको बताए । उनले भने विश्व राजनीती भईरहेको बिभिन्न प्रभाव संगै नेपालका कम्न्यूष्ट पाटिहरुका कमजोरी र स्वार्थका कारण नै बेलाबेला मुलुक संकटमा पर्ने गरेको बताए ।
एमसिसी हल्ला गर्ने विषय नै नभएको माओवादि नेता पुस्पकमल दाहल ले स्थानिय निर्वाचनमा आप्mनो सानो साईज हुने भएपछि आन्दोलनको भ्रमपूण नाटक रचेर कार्यकर्ता सडकमा उतारेको आङदेम्बेले बताए । उनले भने एमसिसी पास नगरी नेपालका पाटिहरुलाई सुखैछैन, किन भने अमेरीका संग माग गरिएको कार्यक्रम हो । यो गठबन्धन जोगाउने नेपाली कांग्रेसको जिम्मेबारि हैन प्रचण्ड र माधवकुमार ले जे चाहन्छन उनीहरु को हातमा रहेको बताए ।
उनले भने माधवकुमार नेपाल र पुस्पकमल दाहलले चुनाव अगाडी एमसिसी पास भए राष्टघात हुने र चुनाव पछि राष्टहित हुने कसरी जनतालाई जवाफ दिन आग्रह गरे । शक्ति राष्टका विभिन्न ऋण र अनुदान सहयोग लिने तर एमसिसी को सम्पूण अनुदान त्यो पनि तोकिएको क्षेत्रमा खर्च हुने मा भएका कारण यो कांग्रेसले जसरी पनि पास गर्छ उनले ठोकु्वा गरे । उनले भने नेपालमा गरिबी रहे सम्म कम्युष्ट पाटि फस्टाउने र गरिबी संगै कम्न्यूष्ट पाटि कमजोर बन्ने भएकाले मुलुक समृद्ध हुनेमा कम्न्यूष्ट पाटिहरु नेै खोक्रो नारामा संगठन गरीरहेको बताए ।
अर्को प्रसंगमा आङदेम्बेले भने नेपाली कांग्रेसमा अनुशासन कमी भएका कारण हरेक निर्वाचन हारेको छौ अब हरेक क्षेत्रमा कारवाहि गर्ने नियमावली बनाउदै गरेको बताए । स्थानिय चुनावमा वडा नगर र जिल्लाले निर्णय नगरि आफुखुशि उमेद्वारी घोषणा गर्ने नेता कार्यकर्ता हरुलाई कारवाहि गर्ने नियम बन्दै गरेको बताए । उनले भने अब हाम्रो आन्तरिक झगडा कारण कुनै स्थानिय तह निर्वाचन हारेको समान्य प्रमाण फेला परे पाटिले कडा काारबाहि गर्ने निर्णय भईसकेको आङदेम्बेलेले बताए । उनले भने हरेका भात्रि तथा सुभेच्छुक संघको नेतृत्व परिपक्वता एवं उमेर अनुसार हुने बताए । भात्रि संस्था नेविसंघमा ३२ बर्ष मुनी र नेपाल तरुण दलमा ४५ बर्ष उमेर कमले मात्र नेता बन्न पाउने नियमावली बनाई सकेको आङदेम्बेले बताए । कार्यक्रममा केन्द्रिय सदस्य तारमान गुरुङ र सुनिलबहादुर थापा, प्रदेश १ का सभापती उद्धव थापा,सहमहामन्त्री भूपेन्द्र राई र प्रमिला गच्छदार लगाएतका नेताहरुले मन्तब्य राखेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *