एनसीसीहरुको मान्यता रद्द गरिएमा टिम बद्रीका हस्तीले उम्मेदवारी दिन नपाउने

२०७८ फाल्गुन २०, शुक्रबार १३:४१ गते २०७८ फाल्गुन २०, शुक्रबार १३:४१ गते २०७८ फाल्गुन २०, शुक्रबार १३:४१ गते

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनएन) का ५ ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको मान्यता रद्द गर्ने निर्णय कार्यान्वयन गरिएमा टिम बद्रीका हस्तीहरुले उम्मेदवारी नै दिन नपाउने खुलासा भएको छ । २ मार्च २०२२ मा बसेको आइसीसी बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समितिलाई खारेज गर्ने, ७० प्रतिशत भन्दा बढी पन्जीकृत सदस्यहरु रहेका अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडाका राष्ट्रिय समन्वय परिषदहरुले मार्च ६ तारिख भित्र सदस्यता नपठाएमा तिनको मान्यता समाप्त हुने लगायतका निर्णयहरु गरेको प्रवक्ता डी बी क्षेत्रीले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

तर उक्त निर्णय कार्यान्वयन गरिएमा टिम बद्रीबाट उपाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ (जापान), हेमराज शर्मा (युके), महासचिव पदका उम्मेद्वार गौरी जोशी (अमेरिका) लगायतले उम्मेदवारी नै दिन नपाउने एक पदाधिकारीले बताए । यदि कुनै एनसीसीको मान्यता खारेज गरिएमा त्यहाँ बाट केन्द्रमा दिइने उम्मेदवारी वैध नहुने नियम छ । ५ ओटा एनसीसीहरुले आफुहरुले पठाएको प्रतिनिधि सूचीलाई मान्यता नदिइएमा केन्द्रलाइ सदस्यता शुल्क नपठाउने अडान राख्दै आएका छन् । एनसीसीहरुको त्यस्तो अडानका कारण शुक्रबार (४ मार्च) देखि शुरु हुने उम्मेदवारी कार्यक्रमलाई ७ मार्चमा सारिएको छ ।

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *