नेपाल एसोसिएसन युएईको साधारणसभा मार्च १३ मा : अध्यक्ष श्रेष्ठ

२०७८ फाल्गुन २५, बुधबार ११:४७ गते २०७८ फाल्गुन २५, बुधबार ११:४७ गते २०७८ फाल्गुन २५, बुधबार ११:४७ गते

युएई । युएईमा वैधानिकता प्राप्त गरेको एक मात्रै नेपाली सामुदायिक संस्था नेपाल एसोसिएसन युएईको प्रथम साधारणसभा आगामी मार्च १३ मा हुने सँस्थाले जनाएको छ। काेराेना महामारीका कारण विगतमा स्थगन गरिदै आएको साधारणसभा मार्चमा हुने भएको एसोसिएसनले नयाँ नेतृत्व (बिओडी) चयनका लागि नोमिनेसन आव्हान गरी सार्वजनिक सूचना समेत जारी गरिसकेको छ । युएईका सामुदायिक संस्थाहरुलाई नियमन गर्ने सरकारी निकाय सामुदायिक विकास प्राधिकरण (सिडिए) बाट अनुमती लिएर एसोसिएसनले आफ्ना सदस्यहरुलाई बिओडीमा नोमिनेसनका लागि आग्रह गरेको थियो ।

युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार एबं सहयोगका साथै कानुनी सहायताका लागि समेत क्रियाशिल नेपाल एसोसिएसनमा अहिले झन्डै ११ सय नेपाली आवद्ध भएको अध्यक्ष रमेश श्रेष्ठले बताए । एसोसिएसनले जारी गरेको ‘गोल्ड’ र ‘सिल्भर’ सदस्यता लिएका हरेक सदस्यहरुले संस्थाको नयाँ नेतृत्वमा आउन अनलाईनमार्फत आवेदन दिन पनि सक्ने एसोसिएसनका अध्यक्ष श्रेष्ठले जानकारी गाराए । साधारणसभाको अवसरमा एसोसिएसनको लोगो डिजाईन गर्ने दिनेस सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिनुका साथै एसोसिएसनका विभिन्न अंगमा रहि योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान समेत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल एसोसिएशनको जनरल एसेम्ब्ली हरेक २ वर्षमा हुने गरेकोमा कोरोनाका कारण केहि सरेको श्रेस्ठले बताए । यहि मार्च-१३ मा हुने साधारणसभामा नेपाल एसोसिएशनका सदस्यहरुले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहि युएइस्थित नेपाली समुदायमा योगदान गर्न इच्छुकहरुलाई नोमिनेशनका लागि सँस्थाले आव्हान गरेको छ । आवेदन दिने अन्तिम मिति १२ मार्च २०२२ दिनको ३ बजे सम्म रहेको अध्यक्ष श्रेष्ठले जनसवाललाई बताए ।

उक्त साधारणसभामा नोमिनेशन दस्तुर अध्यक्षका लागी १००००, उपाध्यक्षका लागी ५०००, महासचिवका लागी ५०००, सचिवका लागी ४०००, कोशाध्यक्षका लागी ४०००,बोर्ड अफ डाईरेक्टरका लागी ३००० र बोर्ड सदस्यको लागी १५०० तोकिएको छ । नोमिनेशन दिने लिंक https://bit.ly/3t468e9 रहेको छ । साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।

 

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *