एमाले जितपुरसिमरा उपमहानगर कमिटीको प्रथम अधिबेशन चैत्र १२ हुने

२०७८ फाल्गुन २५, बुधबार १२:२१ गते २०७८ फाल्गुन २५, बुधबार १२:२१ गते २०७८ फाल्गुन २५, बुधबार १२:२१ गते

बारा २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी एमाले जितपुरसिमरा उप-महानगर कमिटीको प्रथम अधिवेशन यही चैत्र १२ गते सिमरामा हुने भएको छ । उपमहानगर संगठन कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनमा प्रत्येक वडाबाट २ सय संगठित सदस्य बराबर १० जना प्रतिनिधि चयन गर्ने,२५० सदस्य भए १२ जना,३ सय सदस्य सम्म भएमा थप २ जना गरि १४ जना र ३ सय भन्दा बढी संगठित सदस्य भएमा १५ जना प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । त्यसैगरी बैठकले उद्योग प्रतिस्ठान बाट एक महिला सहित ३ जना र नगर स्तरका जनसङ्गठन हरुबाट पनि एक महिला सहित ३ जना प्रतिनिधि संगठित सदस्य बाट सहभागी गराइने छ । त्यसैगरि प्रत्येक वडाबाट एकजना दलित प्रतिनिधि संगठित सदस्यहरु मध्येबाट छनोट गर्ने र अधिबेशनमा सहभागी गराउने निर्णय गरिएको हो ।


बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । बैठकमा बोल्दै पौडेलले अबको निर्वाचनमा गठबंधन मिलेर आएपनि एमालेलाई कसैले हराउन नसक्ने ठोकुवा गर्नुभयो । पुर्ब मन्त्री समेत रहेका पौडेलले एमालेले नै जनताको पक्षमा काम गरेको हुनाले एमालेले जनताको मन जितेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पोलिट्व्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज अच्युत मैनालीले एमाले विरोधी गतिविधि गर्नेहरुका लागि जनता ले नछोड्ने र अबको निर्वाचनमा धुलो चटाउने उद्घोष समेत गर्नुभयो ।
बैठकमा बोल्दै पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज ज्वाला साहले जनताका अधिकार स्थापनाका लागि एमालेको महत्वपूर्ण भूमिका भएको हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सबै लाग्नु पर्ने कुरामा जोड दिनुभयो
कार्यक्रममा नेकपा एमाले बाराका अध्यक्ष विनोद साह,एमाले बाराको नेता मनोज पौडेल लगायतले बोल्नुभएको थियो । बैठक उपमहानगर संगठन कमिटीक संयोजक भोला अधिकारीको अध्यक्षतामा ,बरुण गौतमको सञ्चालन र स्वागत भरत घलेले गर्नुभएको थियो भने अमृत लाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *