अवैध लागूऔषध सहित ३ जना पक्राउ

२०७८ फाल्गुन २६, बिहीबार २१:४२ गते २०७८ फाल्गुन २६, बिहीबार २१:४२ गते २०७८ फाल्गुन २६, बिहीबार २१:४२ गते

काठमाडौं, २६ फागुन – काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय
एम्पुल डाईजेपाम, ४ सय एम्पुल फेनारगन र ४ सय एम्पुल नुर्फिन सहित पर्सा वीरगंज
महानगरपालिका-२० बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१६ नम्बरको बसलाई महानगरीय प्रहरी
प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त
लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१ रिठ्ठेपानी बस्ने ४५ वर्षीया माया
तिवारीलाई करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ
गरेको छ । रिठेपानीस्थित उनको तिवारी कटेजमा लागूऔषध गाँजा बिक्रीबितरण भइरहेको
भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो ।

सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ खैरवना चोकबाट सोही गाउँपालिका-३
महदेवा बस्ने २६ वर्षीय उमेश महतोलाई नियन्त्रित लागूऔषध ८ एम्पुल डाईजेपाम, ७ एम्पुल
नुर्फिन र ४ एम्पुल फेनारगन सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी
कार्यालय महेशवारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित
फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *