महिला अधिकारका लागि सबै लाग्नु पर्छ-एमाले नेता पौडेल

२०७८ फाल्गुन २७, शुक्रबार २१:४२ गते २०७८ फाल्गुन २७, शुक्रबार २१:४२ गते २०७८ फाल्गुन २७, शुक्रबार २१:४२ गते

बारा २७ फागुन : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगिया बस्तिमा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । भेलाको उद्घाटन एमाले बाराका नेता मनोज पौडेलले गर्नु भएको थियो । उहाँले महिला अधिकारका लागि सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो उहाँले महिलामाथि हुने सबै खालका हिंसाका अन्त्य गर्न महिला एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

पौडेलले नेपालमा राष्ट्रपति महिला एमालेले बनाएको चर्चा गर्दै महिलाको हक हित संरक्षण र अबसरदिने पार्टी एमाले भएकोले आगामी निर्वाचनमा आफनो पार्टीको पक्षमा लाग्न आग्रह गर्नु भयो । देबि आलेको सभापतित्वमा सप्पन्न अधिबेशनमा एमाले जिल्ला सचिवालय सदस्य रमेश सापकोटा,महिला नेतृ तुलसा मैनाली,एमाले नगर सदस्य पुष्पराज थापा,नारायण घिमिरे,वडा अध्यक्ष हरिदेब खरेल,रेखा नेपाली,प्रेम गोले,पदम पुलामी,अमर घिसिङ,दिपक आचाय लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सम्मेलनले देबि आलेको अध्यक्षतामा ४६ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *