काठमाडौ ।मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ (धरातल) बरिष्ठ शिक्षासेवी सम्मानद्वारा सम्मानित भएका छन् ।

काठमाडौंमा शनिबार फोकस नेपालले आफ्नो नवाै वार्षिकोत्सवका अवसरमा आयोजना गरेको “बर्तमान शिक्षा नीति र आगामी चुनाैतीहरू” भूमिका” विषयक विचार गोष्ठी तथा कार्यक्रममा नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सम्मान गरेका हुन् ।

शिक्षा तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न सम्मानले प्रेरणा मिलेको श्रेष्ठले बताए । बिगत १५ वर्षदेखि उनी शिक्षा क्षेत्रमा निरन्तर सक्रिय छन् ।

संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षता,माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता तथा माननीय स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङको विशिष्ट आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *