प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर

२०७५ कार्तिक १२, सोमबार १४:४३ गते २०७५ कार्तिक १२, सोमबार १४:४३ गते २०७५ कार्तिक १२, सोमबार १४:४३ गते

काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थित सुधारोन्मुख र स्थिर रहेको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार विहान साढे ४ बजे मनमोहन कार्डियोमा भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।

अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थीर रहेको जानकारी गराइन्छ ।’

प्रधानमन्त्री केही दिन अस्पतालमै रहनेछन् । उनको उपचारमा डा.अरुण सायमी नेतृत्वमा डा. दिब्या सिंह शाह, डा.सन्तकुमार दासको टोली संलग्न छ ।

source rajdhani

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *