काठमाडौं, २९ फागुन – रामेछाप, उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने चन्द्र कुमारी मगरको गोठमा अगेनाको
आगो सल्कन गई आगलागी हुँदा आगोले जलेर चन्द्र कुमारीकी १८ वर्षीया छोरी भिमकुमारी
मगरको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त आगलागीबाट करिब ४०
हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
संखुवासभा, खाँदवारी नगरपालिका-७ राम्चे बस्ने राम बहादुर कार्कीको घरमा शनिबार
राति आगलागी हुँदा घर र घरमा रहेको धान, भाँडावर्तन, लताकपडा, अन्नपात लगायतको सर-
सामान जलेर करिब १२ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएक छ ।
सप्तरी, राजबिराज नगरपालिका-५ बस्ने जोगिन्द्र गुप्ताको घरमा खाना पकाउने क्रममा
ग्याँस लिक भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर
नष्ट भएको छ ।
यसैगरी सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-४ टेङग्री टोल बस्ने डम्बर यादवले
आफ्नै घर अगाडि थुपारी राखेको रुखको पातमा आगलागी हुँदा उनको घरबाट आगो फैलिएर
नजिकै रहेका अन्य घर गोठमा समेत आगलागी हुँदा करिब १३ जनाको घर गोठ समेत जलेर
करिब २३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोग आगलागी नियन्त्रणमा
लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0