एनआरएनए महाधिवेशन निर्वाचन प्रमुख बराल र सदस्य फुलाराले थाले काम

२०७८ चैत्र २, बुधबार २२:२२ गते २०७८ चैत्र २, बुधबार २२:२२ गते २०७८ चैत्र २, बुधबार २२:२२ गते

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन हुने भएपछि संसारभरका महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा जम्मा हुन थालेका छन । पहिले अनलाइन मतदान हुने भनिएकोमा प्रमुख संरक्षक शेष घलेले प्रत्यक्ष उपस्थितिमा नै निर्वाचन गर्ने गरी महाधिवेशन तोकिदिएपछि प्रतिनिधिहरु काठमाडौं आउन थालेका हुन् ।

प्रमुख संरक्षक घलेले यही मार्च २२ देखि २५ सम्म काठमाडौंमा हुने गरी संघको दशौं महाधिवेशन तोकेका छन् । महाधिवेशनका लागि उपाध्यक्ष सोनाम लामा संयोजक तथा अर्का उपाध्यक्ष मन केसी सहसंयोजक रहेको तयारी समिति गठन भएको छ। तयारी समितिमा आइसीसीका पदाधिकारी तथा सदस्य र सबै एनसीसीका अध्यक्षहरु सदस्य रहेका छन् । संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ ।

गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन विवादका कारण हुन सकेको थिएन । महाधिवेशन प्रतिनिधि चयनमा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्रि केसी र महासचिव हेमराज शर्माले विधानविपरीत बलजफती गरेपछि तीन पटक मिति घोषणा गरेपनि निर्वाचन हुन नसकेको हो । ६ महिनासम्म प्रतीक्षा गर्दा पनि पन्त नेतृत्वको वर्तमान कामचलाउ आइसीसी कार्यसमितिले चुनाव गराउन नसकेपछि संस्था जोगाउने उद्देश्यसहित प्रमुख संरक्षक घलेले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन आह्वान गरेका हुन् । घलेले महाधिवेशन आह्वान गरेपछि संघका अधिकांश राष्ट्रिय समन्व परिषद(एनसीसी)हरु उत्साहित भएका छन् । हाल संसारका ६५ देशमा संघका एनसीसी सक्रिय छन् । ती सबै एनसीसीहरुबाट छानिएका महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने भएका छन् । केही देशबाट त काठमाडौं आउन थालिसकेका छन् ।

घलेले गत शुक्रबार महाधिवेशनको आह्वान गरेपछि सबैभन्दा बढी पन्जीकृत सदस्य भएका एनसीसीहरुले घलेको निर्णयको स्वागत गर्दै महाधिवेशन सफल पार्न सबैमा आग्रह गरेका छन् । बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, मलेसिया लगायतका देशमा रहेका एनसीसीका अध्यक्षहरुले घलेको निर्णयलाई स्वागत गरेका छन् । निर्वाचन सम्पन्न गर्नको लागी युएसएबाट बुधवार निर्वाचन प्रमुख बिश्व बराल र सदस्य बाशु फुलारा नेपाल आईपुगेका छन । निर्वाचन प्रमुख बिश्व बरालले आफ्नो टिमले नियम र बिधान सम्बत तवरले निर्वाचन सम्पन्न गराउने बताए ।

स्रोत: राष्ट्रिय जनसवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *