काठमाडौं, ५ चैत – मोरङ, रंगेली नगरपालिका-५ आँपगाछी बस्ने दिगम्बर मण्डलको घरमा विद्युत सर्ट
भई शुक्रबार दिउँसो आगलागी हुँदा घर, नगद, सुनचाँदी, अन्नपात लगायतका सरसामान
जलेर करिब ३८ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नुवाकोट, ककनी गाउँपालिका-३ चाउथे बस्ने ३५ वर्षीय मैते तामाङको घरको
विजुलीको मिटर बक्सबाट अचानक करेन्ट सर्ट भई शुक्रबार राति आगलागी भई सोही ठाउँ
बस्ने उनकै भाइहरू ३२ वर्षीय बुद्धि तामाङ र ३० वर्षीय सागर तामाङको घरमा समेत
आगलागी हुँदा करिब ५३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0