करेन्ट लागेर मृत्यु

२०७८ चैत्र ५, शनिबार १७:५६ गते २०७८ चैत्र ५, शनिबार १७:५६ गते २०७८ चैत्र ५, शनिबार १७:५६ गते

काठमाडौं, ५ चैत
रौतहट, इशनाथ नगरपालिका-९ लौतना बस्ने जमदार राय यादवकी छोरी ७ वर्षीया
पुनम कुमारी यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा कलको
धारामा जडान गरेको मोटरको तार छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको
जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-३ बैरिया टोल बस्ने ५० वर्षीय अब्दुल राहुप साह
फकिरको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित कुखुरा फर्म नजिकै
घाँस काट्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *