एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन

२०७८ चैत्र ६, आईतवार २०:४१ गते २०७८ चैत्र ६, आईतवार २०:४१ गते २०७८ चैत्र ६, आईतवार २०:४१ गते

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औ महाधिबेसनका लागी दुबै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेसन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गरेका छन ।

बार्ता समितिमा शनि कुमार ओली,बेद प्रसाद खरेल र दुर्गा आचार्य रहेका छन । उक्त बार्ता समितिले सोमवार बेलुकासम्ममा अर्को पक्षसँग छलफल गरि सहमती गराएर एकता महाधिवेसन संयुक्त रुपमा गर्न पहल गराउने जिम्मा दिईएको छ । प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको स्वागत गरिएको छ ।

केहि दिनदेखी प्रमुख संरक्षक घलेलाई एकताको बिरोधीको आरोप लगाईएको थियो । गैर आवासीय नेपाली संघको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष बिच १० औ महाधिवेशन सम्पन्न गर्न सहमती गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको छ । एनआरएनएलाई फुटबाट बचाउन दुबै पक्ष लचिलो भएपछि एकताको सम्भावना बढेर गएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *