पर्सा, ६ चैत – वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ३० वर्षीय नेजामुल हक अन्सारीको ना.५५ प
४९८६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१४ बस्ने
२३ वर्षीय सुमन पटेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीको घर आँगनमा पार्किङ गरी राखिएको उक्त मोटरसाइकल शुक्रबार चोरी गरी
सोही ठाउँस्थित सिर्सिया ड्राईपोर्टको पुरानो कन्टेनर भित्र लुकाइ छिपाई राखेको अवस्थामा
फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0