जस्तो सुकै गठबन्धन बनाएर आएपनी एमालेले धुलो चटाउछ-पुर्ब मन्त्री पौडेल

२०७८ चैत्र ६, आईतवार २१:३० गते २०७८ चैत्र ६, आईतवार २१:३० गते २०७८ चैत्र ६, आईतवार २१:३० गते

काठमाडौ ६ चैत्र : जस्तो सुकै गठबन्धन बनाएर आएपनी एमालेले धुलो चटाउने नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले बताउनु भएकोछ । उहाले गठबन्धन नेताहरु मात्र भएको र एमाले संग जनता भएकोले अबको निर्वाचनमा गठबन्धनलाई धुलो चटाइने बताउनु भयो । मधेस प्रदेसका सह-इन्चार्ज समेत रहनुभएका पौडेलले एमालेको अगाडि कुनै पनि शक्ति टिक्न नसक्ने दाबी समेत गर्नु भयो । जितपुरसिमरा उपमहानगरपालिका वडा २४ नम्बरको प्रथम वडा अधिबेशनको उद्घाटन गर्दै एमाले नेता पौडेलले यस्तो दाबि् गर्नु भएको हो ।

पुर्ब मन्त्री समेत रहेका नेता पौडेलले एमालेले मात्रै जनताको पक्षमा काम गरेको दाबी समेत गर्नु भयो । । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती देवी चौधरी, मधेस प्रदेशका सचिव कृष्ण पौडेल,एमाले बाराका अध्यक्ष बिनोद साह,एमाले बाराका पूर्व अध्यक्ष देबनारायण चौधरी,एमालेका नेता मनोज पौडेल एमाले बाराका उपाध्यक्ष टिना सुवेदी,सचिव अध्यानन्द पाण्डे, प्रदेश कमिटी सदस्य मोबिन आलम,कलामुदिन अन्सारी,तारा कार्की,भोला अधिकारी,एमालेका युवा नेता सेराजुल अन्सारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले भोला अन्सारीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा अध्यक्ष इलियास देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रुस्तम अन्सारीले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *