आफ्नै आमाको हत्यामा संलग्न छोरा सहित २ जना पक्राउ

२०७८ चैत्र ८, मंगलवार १८:२८ गते २०७८ चैत्र ८, मंगलवार १८:२८ गते २०७८ चैत्र ८, मंगलवार १८:२८ गते

कास्की, ८ चैत – आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै
जेठो छोरा पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र
सोही महानगरपालिका-१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको
छ ।

आफ्नै घर कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको
अवस्थामा शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको
विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार
राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई
सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या
गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिरक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद
थप गरी अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *