काठमाडौं, ९ चैत – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा
ठेगाना भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६
लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय
अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं भिमसेनगोलाबाट पक्राउ
गरेको हो । खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त
मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम
भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0