कास्की, १० चैत – कास्की जिल्ला अदालतको परिसरभित्र अनाधिकृत प्रवेश गरी तोडफोड गरेको
अभियोगमा पोखरा महानगरपालिका-१५ टुटुङ्गा बस्ने २७ वर्षीय अर्जुन परियार (दावा) लाई
बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-६ बैदामस्थित उक्त अदालतमा बुधबार राति प्रवेश गरी १
नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडिएको अवस्थामा
रहेको घटनामा संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको
हो । निज विगतमा समेत विभिन्न मुद्दामा संलग्न रहेको र लागूऔषध कसूरमा कारागारबाट गत
फागुन २३ गते थुनामुक्त भएको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई कास्की जिल्ला अदालतबाट नकबजनी चोरी उद्योग र आपराधिक उपद्रव
मुद्दामा ८ दिन म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0