नवलपरासी(पूर्व), ११ चैत कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित राजमार्ग लु.१ च ९७६०
नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय
२२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार
प्रतापपुर गाउँपालिका-६ बस्ने राजकुमार गुप्ता तेली समेत २ जनालाई बिहीबार बिहान
प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको
पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी
उनीहरुलाई पक्राउ गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी
(पश्चिम) पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0