चैत्र १४ गते देखि १७ गते ४ दिन सम्म राष्ट्रिय कार्यशाला सञ्चालन

२०७८ चैत्र १५, मंगलवार २१:४२ गते २०७८ चैत्र १५, मंगलवार २१:४२ गते २०७८ चैत्र १५, मंगलवार २१:४२ गते

१५ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि महासंघले आवाज उठाउदै आएको बताउनु भयो ।

राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवण दृष्टिविहिन राष्ट्रिय श्रोत केन्द्र काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुको कार्यशालामा राष्ट्रिय बहिरा महासंघ नेपालकी उपाध्यक्ष सत्यदेवी वाग्लेले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै निकायहरु त्था व्यक्तिहरुले उठाउनु पर्ने बताउनु भयो । बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु पछाडी परेको गुनासो गर्नु भयो साथै उहाँले उनीहरुको हक हित र अधिकारका लागि राज्य स्तरबाट अर्थपूर्ण कार्यक्रमा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा अधिकृत नरबहादुर चन्दले अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारका सुनिश्चित गर्नका लागि मन्त्रालयले काम गर्दै आएको बताउनु भयो । साथै उहाँले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालमा पनि सल्लाह सुझाब अनुसार आवश्यक सहयोगका लागि पहल गर्ने कुरामा पनि जोड दिनु भएको थियो । सो ४ दिने कार्यशालाको उद्घाटनका क्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसरले श्रवण दृष्टिविहिन अपाङ्गताको विषयमा जानकारी गराउदै बोल्दा सबैले अपाङ्गता मैत्री शब्दको प्रयोग गर्नु पर्ने, उनीहरुको सञ्चारको विकास गर्नु पर्ने बताउनु भयो ।

यस कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका कार्यरत वरिष्ठ श्रवण दृष्टिविहिन प्रशिक्षक दुर्गादत्त जोशीले समग्र अपाङ्गता भएका व्यक्तिहरुको परिभाषा, अपाङ्गता अधिकार ऐन २०७४ मा गरिएका व्यवस्थाहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो राष्ट्रिय कार्यशालामा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले राष्ट्रिय कार्यशालाको सहजिकरण गर्दै श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अवरोधहरु पहिचान गरी समस्याहरु समाधान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीमा गरिएका शिक्षाको व्यवस्थाको विषयमा पनि प्रष्ट पार्नु भयो । श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुका लागि यही चैत्र १४ गते देखि १७ गते ४ दिन सम्म सञ्चालन गरिने राष्ट्रिय कार्यशालामा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत नाराद प्रसाद धमलाले राज्य स्तरबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षाका सवालमा उपलब्ध गराउदै आएको छात्रावृत्ति कार्यक्रमका विषयमा जानकारी गराउनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *