काठमाडौँ, १५ चैत । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को कार्यसमिति सदस्यमा ढकनाथ काफ्लेले उम्मेदवारी दिनुभएको छ ।
नाट्टाको आगामी चैत १७ गते हुन लागेको ५५ औँ वार्षिक साधारण सभा एवम् २३ औँ निर्वाचनमा कार्यसमिति सदस्यमा रमेश थापा समूहबाट उम्मेदवारी दिनुभएको हो ।
टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को दुई कार्यकाल उपाध्यक्षका रुपमा काम गरिसक्नुभएका काफ्लेले नाट्टा कार्यसमितिमा रहेर पर्यटक बसलाई व्यवस्थित एवम् मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि उम्मद्वारी दिन लाग्नुभएको हो ।
“मुलुकको संघीय राजधानी काठमाडौँमा अहिलेसम्म पर्यटकीय बसपार्क निर्माण हुन सकेको छैन, उक्त बसपार्क निर्माणका लागि सम्बन्धित निकायलाई घच्घच्याउन मैले नाट्टा कार्यसमितिमा उम्मेदवारी दिएको हुँ,”– उहाँले भन्नुभयो । यस्तै, कोरोनाबाट थला परेको नेपालको समग्र पर्यटन क्षेत्रलाई पुनउत्थान गर्नका लागि आफूले कार्यसमितिमा रहेर काम गर्ने उहाँले बताउनुभयो ।
विस २०३१ सालमा कास्कीको पर्यटकीय नगरी पोखरामा जन्मनुभएका काफ्लेले विस २०५५ सालदेखि पर्यटक बसमार्फत पर्यटकीय गतिविधिमा संलग्न रहँदै आउनुभएको छ । उहाँ हाल होलिडे एड्भान्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक समेत हुनुहुन्छ ।
Views: 0