बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

२०७८ चैत्र १५, मंगलवार २२:०६ गते २०७८ चैत्र १५, मंगलवार २२:०६ गते २०७८ चैत्र १५, मंगलवार २२:०६ गते

खोटाङ, १४ चैत – खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन्
गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे,
२४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे
र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् । बहुमूल्य
धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय
खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुलि, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो
टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *