काठमाडौं – गैरआवासीय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवाद पार्टीका नेतागण संग भेटघाट गरेका छन्। उक्त भेटघाट कार्यक्रममा नेकपा एकीकृत समाजवादीले गैर आवासिय नेपाली संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिएका थिए।यसै अवसरमा एनआरएनए प्रतिनीधि मण्डलले गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा सम्बोधन सहकार्य र समन्वय गरिदिनुहुन आग्रह गरेका छन्।पूर्व प्रधानमन्त्री खनालले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा र नेपाल बाहिर गरेका गतिविधीप्रति प्रशंसा गरेका थिए।
सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा खनालले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै अहिले ढिला भइसकेको र यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिएका थिए ।
स्रोत: राष्ट्रिय जनसवाल दैनिक
Views: 0