नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

२०७८ चैत्र १८, शुक्रबार २१:१७ गते २०७८ चैत्र १८, शुक्रबार २१:१७ गते २०७८ चैत्र १८, शुक्रबार २१:१७ गते

काठमाडौं १८ चैत/ पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् नाट्टाको अध्यक्षमा रमेश थापा विजयी भएका छन् । बिहीबार सम्पन्न नाट्टाको ५५ औँ वार्षिक साधारणसभा एवं २३ औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन्। निर्वाचनका लागि दुई समुहबीच प्रतिस्पर्धा भएको थियो। नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित प्रतिस्पर्धामा थिए।काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी पनौती, सुब्बागाउँमा जन्मिएका रमेश थापा सञ्चालक हुन् । उनी लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता, महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालिक युविका भण्डारी, कोषाध्यक्षमा वल्र्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सहकोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल रेजु निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी भएका हुन् । देशभरी बाट निर्वाचनमा ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो । कोभीड १९ बाट थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउने अभिभारा सहित क्रियाशिल भइ व्यवसायीलाई एकताबद्ध गराउँदै नाटालाई नयाँ उचाईमा पुर्याउने नवनिर्वाचित समुहको योजना छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *