नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका कमिटीको भेला

२०७८ चैत्र १८, शुक्रबार २१:३३ गते २०७८ चैत्र १८, शुक्रबार २१:३३ गते २०७८ चैत्र १८, शुक्रबार २१:३३ गते

काठमाडौँ, १८ चैत । समाजवादी प्रेस संगठन, नेपालको काठमाडौँ महानगरपालिका तदर्थ कमिटी गठन भएको छ । शुक्रबार महानगर कमिटीको पार्टी कार्यालय कामप खुशिबुमा भएको एक भेलाले शंकर अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)काठमाडौँ महानगरपालिका कमिटीको विशेष पहलमा भएको भेलाद्वारा ‘एक वडा एक पत्रकार’ भन्ने नाराका सात दिन भित्र पूर्णता दिने गरी ७ सदस्य रहेको काठमाडौँ महानगरपालिका तदर्थ कमिटी गठन गरेको छ ।

र‌ंजित धमला सचिव रहेको कमिटीका सदस्यहरूमा राजु नापित, राजु पौडेल, देव राई, तेज राई र पवन किराँत रहनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य सीता श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका कमिटीका अध्यक्ष रामेश्वर श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग सदस्य तथा समाजवादी प्रेस संगठन नेपालका महासचिव भूपराज खड्का, नेकपा (एकीकृत समाजवादी)का प्रचार विभाग सदस्य कृतु भण्डारीको नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगरपालिका युवा संघका अध्यक्ष तथा वडा नं २५ का नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सञ्जीव श्रेष्ठ आतिथ्यमा नेपालको काठमाडौँ महानगरपालिका कमिटीको खुसीबुस्थित हलमा भेला सम्पन्न भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *