काठमाडौं, १८ चैत
काठमाडौं महानगरपालिका-२७ मांकालस्थित सडकमा बागमती प्रदेश ०३-००१ क
०५५१ नम्बरको ग्याँस बुलेटले बा.६४ प ६३८० नम्बरको मोटरसाइकललाई बिहीबार
साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१ बस्ने ६४ वर्षीय गुलाम
महमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । ग्याँस बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
।
पर्सा, पोखरिया नगरपालिका-४ नहर छेउ नजिक सडकमा ना.३ प १०२६ नम्बरको
मोटरसाइकल र प्रदेश २-०३-००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर
खाई बिहीबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको
छ । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जनाको नारायणी
अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, खड्क नगरपालिका-५ रंजितपुरस्थित सडकमा विद्युत कार्यालय
बोदेबर्साईनको प्रदेश २-०१-००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८
नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा बोलेरोमा सवार विद्युत कार्यालयको
कर्मचारी हाल वतन नखुलेका शिवराज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै
दुर्घटनामा घाइते भएका अन्य ५ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार
भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१४ स्थित सडकमा हाल नम्बर नखुलेको
सवारी साधनको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-९ बस्ने ४२ वर्षीय पुष्पराज
देउजाको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी
अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको
प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ मिश्रवलीयास्थित सडकमा लु.१ च ६७९८
नम्बरको भ्यान आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक ओमसतिया
गाउँपालिका-२ बस्ने ४५ वर्षीय रामशरण भुजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते
भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्युठान, नौबहिनी गाउँपालिका-४ खवाङ कुलेलीस्थित सडकमा लु.१ ख ७०२१
नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने टुकमान पुनको छोरा ८ वर्षीय सरोज पुनको
शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल
बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0