काठमाडौं, १८ चैत
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट करिब ७ ग्राम अवैध लागुऔषध
खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ४०
वर्षीय राजेन्द्र केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ
आउँदै गरेको को.२५ प ७६५८ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो
बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक केसीलाई उक्त
पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, धनौजी गाउँपालिका-५ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट ६०
ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
क्षिरेश्वरनाथ नगरपालिका-७ दुर्गा टोल बस्ने ३३ वर्षीय बिहारीबाबु महतो र सोही ठाउँ बस्ने
२४ वर्षीय कृष्ण कुमार महतो रहेका छन् । प्र.२-०२-००३ प.३०१४ नम्बरको
मोटरसाइकललाई प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, बबई गाउँपालिका-३ बस्ने २५ वर्षीय अनिल डाँगी समेत ३ जनालाई करिब १
सय ९० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बिहीबार
राति प्रहरीले पक्राउ गरेको छ । डाँगीले तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित
होटलमा कोठा भाडा लिई बसि लागुऔषध बिक्री गरिहेको भन्ने सूचनाको आधारमा ईलाका
प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको पदार्थ
फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ भुजौलीस्थित सडकबाट करिब १२ ग्राम
अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत महाराजगंज थाना सुनौली
ग्राम बर्गदही नौतनहवा बस्ने २० वर्षीय अनिल साहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । युपि ५३ बिबि ६१४० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय
रूपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहनीलाई उक्त
पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ भावरपुलबाट करिब २ सय ५० मिलिग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-७ बस्ने २५ वर्षीय प्रेम
बहादुर दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत
र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला
पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ४ ग्राम अवैध
लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नियन्त्रित लागुऔषध नाईट्राभेट १३
ट्याब्लेट सहित धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम
गुरूङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको
प्र.३-०२-००६ प २६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रातोमाटेबाट खटिएको
प्रहरीले जाँच गर्दा चालक गुरूङलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0