काठमाडौं, २१ चैत – काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो
खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक
भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई
आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५०
रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस
बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0