बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ चैत्र २४, बिहीबार २१:४० गते २०७८ चैत्र २४, बिहीबार २१:४० गते २०७८ चैत्र २४, बिहीबार २१:४० गते

काठमाडौं, २४ चैत – बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट
खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी
गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका-४
धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना
रहेका छन् ।

उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ बैशाख २९
गतेको फैसलाले ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको तथा उपेन्द्र प्रसाद
ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम ईजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२
गते पक्राउ अनुमति जारी भएको थियो ।

राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको
छ भने उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक
पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *