काठमाडौं – विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरको प्रमुख आतिथ्यमा चलचित्र विकास वोर्ड सभाहलमा आयोजना भएको बल्कबष्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल, बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दना सम्मानित भएका छन ।

त्यसैगरी अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पुर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ र पुर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्रीलाई फुटबल बिधाबाट सम्मान गरिएको छ । अग्रज सुवेदी पत्रकारिता पुरस्कारबाट पत्रकार रामहरि सिलवाल, निरन्तरता युवा पत्रकारिता पुरस्कारमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले र क्रियाशील पत्रकारितामा श्याम स्मृत सम्मानित भएका छन ।

कोभिड १९ कोरोनाको महामारीका बीचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेढ दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएको थियो । जसमा वर्षको उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्तो गीत गाउँछुबाट नायक पल शाह, नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा, वितरक करण श्रेष्ठले अवार्ड प्राप्त गर्न सफल भए । वरिष्ठ चलचित्रकर्मी शिवको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्म रिलिज गरिएकोले सम्मान गरियो । मदन घिमिरे, आर पि पन्त, नरेश पौडेल, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, ज्ञानेन्द्र देउजा, उत्तम के.सी, सुभाष गजुरेललगायतको बाक्लो उपस्थित रहेको कार्यक्रममा मायाको चिनो र विश्व कलाकार महासंघको तर्फबाट आजीवन सदस्यको सम्मानपत्र वितरण गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा ९ जना जुरि बरिष्ट चलचित्रकर्मीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक विषयवस्तु उठानमा बनेको चलचित्र चुरिफुरीलाई अवार्ड प्रदान गरिएको थियो भने कठपुतली चलचित्रलाई प्रोत्साहन सम्मान प्रदान गरिएको थियो । नव प्रतिभा बिधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् भने महमारीमा नेपाली चलचित्र चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो बिधाबाट बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

स्रोत : रास्ट्रीय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *