काठमाडौं, ३० चैत
नुवाकोट, ककनी गाउँपालिका-२ सिउडेनीस्थित सडकमा बा.३ क १६६६ नम्बरको
गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङको मंगलबार दिउँसो
घटनास्थलमै मृत्यु भएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, छत्रदेव गाउँपालिका-३ बेलहापुलस्थित खेतमा लु.४ त ६१६८ नम्बरको
ट्याक्टर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सन्धिखर्क नगरपालिका-१२
डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसिको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा
घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि जिल्ला अस्पताल
सन्धिखर्कतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुर, रामप्रसादराई गाउँपालिका-५ कावाखोलास्थित सडकमा प्र.१-०२००३ त
२२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार
सोही गाउँपालिका-७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल
फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१४ स्थित सडकमा बा.प्र.३-००३ प
२०४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा
मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ
। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको
क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0