सवारी दुर्घटनामा ४ जनाको मृत्यु

२०७९ बैशाख १, बिहीबार २३:१६ गते २०७९ बैशाख १, बिहीबार २३:१६ गते २०७९ बैशाख १, बिहीबार २३:१६ गते

काठमाडौं, १ वैशाख
रौतहट, गुजरा नगरपालिका-४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको
मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय
लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
ईण्डो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, घोराही उपमहानगरपालिका-११ खैरास्थित सडकमा घोराहीबाट
तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख ७८४ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो
दुर्घटना हुँदा बसमा सवार सोही ठाउँ बस्ने ८ वर्षीय बिशाल बिकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा
उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका-५ बनघुस्रीस्थित खेतमा भे.१ त ९४२६ नम्बरको
ट्याक्टरमा जडान गरिएको थ्रेसरबाट गहुँ झार्ने क्रममा उक्त थ्रेसर मेशिनमा पर्न गई सोही
ठाउँ बस्ने ४१ वर्षीय चित्रा थारुको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकमा सिमराबाट
हेटौंडातर्फ जाँदै गरेको बा.१९ च ४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित भई बिहीबार

बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाई
मृत्युको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कर्पियोमा सवार १३ जनाको
विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *