अवैध लागुऔषध सहित पक्राउ तथा बरामद

२०७९ बैशाख २, शुक्रबार २२:०२ गते २०७९ बैशाख २, शुक्रबार २२:०२ गते २०७९ बैशाख २, शुक्रबार २२:०२ गते

काठमाडौं, २ वैशाख
सिरहा, गोलबजार नगरपालिका-६ दोहटिया बस्ने २५ वर्षीय दिपेश रामलाई करिब
२ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार
बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय
गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

रौतहट, फतुवा विजयपुर नगरपालिका-२ वरगेनिया टोलस्थित गोठबाट प्रतिबन्धित
लागुऔषध ट्रामाडोल ५ हजार पीस बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त
गोठमा अवैध लागुऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय
सन्तपुर दोस्तियार र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उक्त
लागुऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *