गैर आवासीय नेपालीको हक हितमा कार्य गर्ने कार्यकारी अध्यक्ष आचार्यको प्रतिबद्धता

२०७९ बैशाख ६, मंगलवार ०९:२६ गते २०७९ बैशाख ६, मंगलवार ०९:२६ गते २०७९ बैशाख ६, मंगलवार ०९:२६ गते

स्पेन – गैर आवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले विगतमा भएका गल्ती, कमी कमजोरीबाट सबैले पाठ सिक्दै एनआरएनए विवाद समाधान गर्दै समस्त गैरआवासिय नेपालीको साझा सँस्था बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आइतबार आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले धेरै बोलेर भन्दा पनि विगतमा भएका कमी कमजोरी र गल्तीबाट पाठ सिक्दै कार्यकाल उत्कृष्ट बनाएर देखिएका विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

आचार्यले स्पेन आफ्नो दोस्रो घर जस्तो भएको बताउँदै नेतृत्व समाले पश्चात संयोगले कार्यकालको सुरुवात पनि राष्ट्रिय समन्वय परिषद स्पेन भ्रमण देखि नै भएकोमा खुसी ब्यक्त गरे । परिवार पुनर्मिलनका सम्बन्धमा स्पेनमा बस्ने नेपाली समुदायले भोग्नुपरेको समस्याका बारेमा जानकार रहेको र समस्या समाधानको लागि पहल गर्ने पनि आचार्यले कार्यक्रममा बताए ।
कार्यक्रममा पूर्व युरोप क्षेत्रीय उप-संयोजक मुक्त बहादुर गुरुङ, पूर्व अध्यक्ष अनिल गुरुङ, आइसिसी सदस्य दिनेश गिरी, नेपाली जन सम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, एनपिपिएफका अध्यक्ष विशाल ढुंगाना, पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मी, नेपाली पाठशाला संचालीका सरला सापकोटाले आचार्यलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा अध्यक्ष आचार्यलाई एनआरएनएको अबको लक्ष्य तथा संस्थामा देखिएका विवादका विषयमा स्पेनवासीले जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ दिदै अध्यक्ष आचार्यले अब सबैले बिगतलाई भुलेर बर्तमान र भविस्यका लागी अगाडी बढ्ने बताए । उक्त कार्यक्रममा समस्त स्पेनवासिका तर्फवाट अध्यक्ष आचार्यलाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रम संघका कार्यवाहक अध्यक्ष सोनु राउतको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका महासचिव विदुर गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा सचिव एन के भट्टराईले स्वागत गर्दै नवनिर्वाचीत पदाधिकारीले समस्त गैरआवासीय नेपालिको हकहितमा कार्य गर्नुपर्ने बताए ।

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *