काठमाडौं, ६ वैशाख
ताप्लेजुङ, फुङलिङ नगरपालिका-३ ढाटगाउँ बस्ने बाबुराम गुरागाईको घर तथा
गोठमा सोमबार दिउँसो आगलागी हुँदा घर,गोठ, सुनचाँदी, लत्ताकपडा, काठपात, नगद
लगायतका सरसामान जलेर करिब ४४ लाख २ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-११ भदौखर्क बस्ने मोतिराम यादवको घरमा
सोमबार दिउँसो आगलागी भई बस्तीमा समेत फैलिएर ६ जनाको घर, गोठ, अन्नपात,
लत्ताकपडा, भाडावर्तन लगायतको सरसामान जलेर करिब ३० लाख रूपैयाँ बराबरको
धनमाल नष्ट भएको छ ।
दोलखा, कालिञ्चोक गाउँपालिका-७ सित्का बस्ने कृष्ण बहादुर बस्नेतको घरमा रहेको
किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा नगद १ लाख रुपैयाँ, अन्नपात र पसल
समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, कनकाई नगरपालिका-३ स्थित सडकमा बिर्तामोडबाट रिजर्वको लागि खाली
जाँदै गरेको को.१ ख ५०६६ नम्बरको बसको वाईरिङ सर्ट भई मंगलबार बिहान आगलागी
हुँदा बस पूर्णरूपमा जलेर करिब ३६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीमा जलेर घाइते भएका बसका चालक र सहचालकको बिर्तासिटी अस्पताल
बिर्तामोडमा उपचार भइरहेको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-९ हस्पिटल चोक नजिक शोभादेवी घिमिरेको
छाप्रोमा गएराति आगलागी हुँदा छाप्रोमा रहेका ४ जनाको ४ वटा पसलहरु समेत जलेर
करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगो निभाउने क्रममा
दमकलका ३ जना कर्मचारीहरू ग्याँस सिलिण्डर पड्कन गई घाइते भएकोले उपचारको
लागि म्याक्स अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0