अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख ७, बुधबार २०:५७ गते २०७९ बैशाख ७, बुधबार २०:५७ गते २०७९ बैशाख ७, बुधबार २०:५७ गते

काठमाडौं, ७ वैशाख
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० गुम्बा डेरा गरी बस्ने मनहरी
गाउँपालिका-२ हाडीखोला घर भएका ६२ वर्षीया कान्छीमाया भोलन र हेटौंडा
उपमहानगरपालिका-१० टिसियन रोड बस्ने १८ वर्षीय किशोरलाई करिब ३ केजी ५ सय
२० ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, कटारी नगरपालिका-३ आले डाँडा र सोही नगरपालिका-४ नयाँ
बसपार्कबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा, एपेन्डोल-५० लेखिएको ३१
ट्याब्लेट र स्पास्मो ९ ट्याब्लेट सहित कटारी नगरपालिका-४ सिम्ले बस्ने १८ वर्षीय
किशोर लगायत ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी
कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी
पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *