राष्ट्रिय पत्रकारिता सम्मान–२०७८ बाट संपादक रामजी बगाले सम्मानित

२०७९ बैशाख ११, आईतवार ०८:४० गते २०७९ बैशाख ११, आईतवार ०८:४० गते २०७९ बैशाख ११, आईतवार ०८:४० गते

काठमाडौ । जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा संपादक रामजी बगाले सम्मानित भएका छन । काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९ को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निमाणमा सामाजिक संघ सँस्थाहरूको भुमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतिक समारोहमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच बगालेलाई सम्मान गर्नुभएको हो।

सम्मानित भए पछि बगालेले खुसि ब्यक्त गर्दै आफुलाई योग्य सम्झेर सम्मान गरेकोमा उपरास्ट्रपति पुन,युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज, फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै अझै पत्रकारीतामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो ।

सम्मानित बगाले बिगत १७ बर्षदेखि जनसवाल राष्ट्रिय दैनिकको संपादक भएर पत्रकारिता मार्फत स्वदेश तथा बिदेशमा रहेका नेपालीको पक्षमा कलम चलाउदै संचारको साथी बन्दै आईरहनुभएको छ । बगालेले बिदेशमा रहि समस्यामा परेका नेपालिको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्रनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्रन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएतका धेरै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।

वार्षिक समारोहमा संस्थाका प्रमुख रामचन्द्र पोखरेलको अध्यक्षता, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सम्माननीय उपरास्ट्रपति पुनले बिभिन्न क्षेत्रमा उत्कृस्ट कार्य गर्ने ब्यक्तित्वलाई सम्मान गर्दा खुशी लागेको जनाउदै यस्ता कार्यले समाज परिवर्तनमा योगदान पुग्ने बताउनुभयो । कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।

कार्यक्रममा लोकप्रिय नेपाली नौमती पन्चेबाजाको साथमा मयुर नाच राष्ट्रियस्तरका कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित भब्य रूपमा आयोजना भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान समेत गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *