तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०७९ बैशाख ११, आईतवार २१:५२ गते २०७९ बैशाख ११, आईतवार २१:५२ गते २०७९ बैशाख ११, आईतवार २१:५२ गते

काठमाडौं, ११ वैशाख – काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी
गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको
अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट
खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय १० रूपैयाँ सहित फेला पारी पक्राउ
गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *