तनहुँ, १२ वैशाख – कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३८ वर्षीय बिमल
सुनार, सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका-३ बस्ने ४७
वर्षीय होम बहादुर बिक रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका-५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुङगाना घर
परिवारसँग सम्पर्क बिहिन रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय
बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नगरपालिका-४ र ५ को
सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । घटना
सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरुलाई सोही नगरपालिका-१०
ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक
अनुसन्धान भइरहेको छ ।
Views: 0