एनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक

२०७९ बैशाख १३, मंगलवार २३:२३ गते २०७९ बैशाख १३, मंगलवार २३:२३ गते २०७९ बैशाख १३, मंगलवार २३:२३ गते

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति ध्यानाकर्षण भएको एनआरएनए अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै जनाएको छ।एनआरएनए अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क बापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको बिज्ञप्तिमा उल्लेख छ। एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनासाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन । एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय समेत गरिसकेको छ ।

एकताको महाधिवेशन भनिएको संघको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजकको नामबाट मार्च २४, २०२२ मा (एक महीना अगाडिको मितीमा ) प्रकाशित विज्ञप्ति विधान विपरीत रहेको एनआरएनए अमेरिकाले जनाएको छ। एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न एनआरएनए अमेरिकाले सबैलाई सचेत गराएको छ । यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि एनआरएनए अमेरिकाले आफ्ना सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गरेको छ । यस्तो झूटको खेती बन्द गर्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदीले सबैलाई अनुरोध गरेका छन ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क बापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको छ। एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनसाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय गरिसकेको छ ।एकताको महाधिवेशन भनिएको सङ्घको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजकको नामबाट जारी बिज्ञप्ती झुट र बिधि बिधानबिपरीत भएको जनाएको छ । एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न हामी सचेत गराउन चाहन्छौँ। यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि हामी हाम्रा सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गर्दछौँ।

तोया दाहाल
प्रवक्ता
गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिका
मिति: २५ अप्रिल २०२२

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *