काठमाडौं, १५ वैशाख – गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई जबरजस्ती करणी गरी
फरार रहेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगा बस्ने कैलाली
लम्कीचुहा नगरपालिका-२ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती
महिलालाई जबरजस्ती करणी गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेको
हो ।
उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त
थानकोट काठमाडौं पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0