काठमाडौं, १५ वैशाख
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप होटेलस्थित सडकमा बा.३ ख ८६४०
नम्बरको माईक्रो बस र प्रदेश २-०३-००१ ख ५९९६ नम्बरको कन्टेनर एकआपसमा ठक्कर खाई
बिहीबार बिहान दुर्घटना हुँदा माईक्रो बस चालक नवलपरासी (पूर्व) कावासोती नगरपालिका-
८ बस्ने ४८ वर्षीय बिनोद गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
माईक्रो बसमा सवार अन्य २ जनालाई राजमार्ग अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर
काठमाडौं पठाइएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-११ शान्तिमार्गस्थित सडकमा बा.२ क ४५७५
नम्बरको ट्याङकरको ठक्करबाट साइकलयात्री बारा महागढीमाई नगरपालिका-५ बस्ने २० वर्षीय
प्रबिण जैसवालको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङकर चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-४ नुनिया टोलस्थित सडकमा को.२३ प ६६६७ नम्बरको
मोटरसाइकललाई को.१ ख ५३१४ नम्बरको बसले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल
चालक सोही ठाउँ बस्ने ४९ वर्षीय प्रदिप साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका
उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, भिरकोट नगरपालिका-५ नेटा मुकुन्डे गैरास्थित सडकमा लु.४ त २८३६
नम्बरको ट्याक्टर बाटोमा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक बाँके
नेपालगंज बस्ने ३४ वर्षीय भुपेन्द्र परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका
उनको भिरकोट नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका ट्याक्टरका चालक नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका-४ बस्ने ३६ वर्षीय
नारायण चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0