अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९ बैशाख १६, शुक्रबार २१:२० गते २०७९ बैशाख १६, शुक्रबार २१:२० गते २०७९ बैशाख १६, शुक्रबार २१:२० गते

काठमाडौं, १६ वैशाख
चितवन, राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध
गाँजा सहित सोही नगरपालिका-३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान
प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय
भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको
लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलकपुर बस्ने २९ वर्षीय टिकेन्द्र चौधरीलाई
करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित
बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी
उनलाई पक्राउ गरेको हो ।

तेह्रथुम, लालिगुँरास नगरपालिका-१ टुटेदेउराली बस्ने ३० वर्षीय राम गुरुङलाई
करिब १ ग्राम ४ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ
सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ चित्रेस्थित
सडकमा ना.४ ख ९२१० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको
प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले
बसको बोनटमा उक्त पदार्थ लुकाई राखेको भनि बताएपछि म्याङलुङ नगरपालिका-१
बसपार्कबाट प्रहरीले उक्त पदार्थ बरामद गरेको हो ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादवलाई
नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ५० ट्याब्लेट, डाईजेपाम ७ सय ५०
एम्पुल, फेनारगन ७ सय ५० एम्पुल र नुर्फिन ७ सय ५० एम्पुल सहित बिहीबार बेलुका
प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले
यादवलाई निजकै घर कोठामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी
पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २७ एम्पुल,
डाईजेपाम २७ एम्पुल र फेनारगन २७ एम्पुल सहित मोरङ मिक्लाजुङ गाउँपालिका-७
मधुमल्ला बजार बस्ने ३५ वर्षीय सुरेश लावतीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट
खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला
पारी पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-५ स्थित जंगलबाट प्रदेश २-०२-००१ प ९४४८
नम्बरको मोटरसाइकल र करिब ५ केजी अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले
बरामद गरेको छ । बर्दिबास नगरपालिका-१० स्थित टुटेश्वर खोलामा प्रहरी चौकी
खयरमाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोटरसाइकल नरोकी भाग्ने क्रममा
उक्त स्थानमा उक्त मोटरसाइकल र लागूऔषध भएको झोला छोडी मानिस फरार भएपछि
प्रहरीले उक्त लागूऔषध र मोटरसाइकल बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *