काठमाडौं, १६ वैशाख
बारा, कोल्हबी नगरपालिका-६ कुमरगढी बस्ने ६० वर्षीया प्रेमी देवीको आगलागीमा
जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको भान्सामा दुध तताउने क्रममा ग्याँस
लिक भई शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनको राजलक्ष्मी रिलिफ
अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुर, बागमती गाउँपालिका-७ गिम्दी बस्ने ४० वर्षीय राजेश नेगीको घरमा
बिहीबार दिउँसो खाजा बनाउने क्रममा नजिकैको मट्टीतेलको भाँडोमा आगो सल्कन गई
आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रोल्पा, सुनछहरी गाउँपालिका-७ फगाम बस्ने ३२ वर्षीया सिर्जना घर्तीको घरमा
करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदी, नगद ३० हजार रुपैयाँ,
लत्ताकपडा, भाडावर्तन गरी करिब २१ लाख ९७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-९ समावेसी चोकस्थित रूरू ईन्डस्ट्री
(सनराइज ब्याट्री) कम्पनीमा अचानक करेन्ट सर्ट भई गएराति आगलागी भएको छ ।
आगलागीबाट कम्पनीमा रहेको अन्दाजी २ हजार २ सय थान मोटरसाइकलमा लाग्ने
ब्याट्रीहरू जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण
हाल खुलेको छैन ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका
साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0