एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने करिब एक लाख डलर रकम भुक्तानी

२०७९ बैशाख १६, शुक्रबार २१:४३ गते २०७९ बैशाख १६, शुक्रबार २१:४३ गते २०७९ बैशाख १६, शुक्रबार २१:४३ गते

गैरआवाशीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद एनआरएनए एनसिसी अमेरिकाले आफ्ना सदस्यहरुबापत आईसिसिलाई बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ । एनआरएनए स्रोतका अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, संवाद र केन्द्रलाई रकम पठाउन देखिएका समस्यामा केन्द्रित तहबाट विशेष सहयोग गरेपछि एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त रकम केन्द्रमा पठाएका छन । सो रकम शुक्रवार नै केन्द्रको खातामा जम्मा भईसकेको जनाईएको छ ।


एनआरएनए अमेरिकाका अध्यक्ष सुबेदीको नेतृत्वमा रहेको कार्य समितिले एनआरएनएका करिव २० हजार सदस्यहरुको सदस्यता बापत केन्द्रलाई तिर्नुपर्ने दस्तुर नबुझाएको भन्दै उनको समितिलाई केहि समुहले भंग गरिएको भन्दै सुबेदीको ठाउँमा कृष्ण लामिछानेलाई चयन गरिएको दाबी गरेका थिए । यो घतनाले एनआरएनए भित्र ठुलो विवाद शुरु भएको थियो । अध्यक्ष बुद्धि सागर सुबेदीको नेतृत्वमा रहेको कार्य समितिलाई खारेज गरेको घोषणा गर्दै कृष्ण लामिछानेलाई अध्यक्षमा चयन गरिएको भनिएपनि त्यो विधिविधान र नियम सम्मत थिएन । यसलाई आइसिसीले नै अवैधानिक, खारेजी, नियुक्ति केहि निर्णय नगरेको बताएको थियो ।

यस अघि अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउनुपर्ने निर्णय गरेको थियो । उक्त मिति नआउदै एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक प्रकाश सापकोटाको नामबाट बुद्धि सुबेदीको कार्य समितिलाई भंग गरिएको भनिएपछि ठुलो विवाद भएको थियो । अन्तत आइसिसिले सुवेदी नेतृत्वलाई नै बैध भनेको छ ।

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *