मोरङ, १७ वैशाख – सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार
बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २२ वर्षीय मोहमद जुमन,
सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय पवन रविदास र सोही महानगरपालिका-११
बस्ने ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् ।
विराटनगर महानगरपालिका-६ स्थित रामपुर चौकमा को.२ ह ३६१० नम्बरको
अटो टेम्पोमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी लैजाँदै गरेको अवस्थामा
उनीहरूलाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उनीहरूले वि.न. १ ह ००९३ र को.१ ह ७८१८ नम्बरको सिटी
सफारी समेत चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0