काठमाडौं, १७ वैशाख – काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित भ्यु नेपाल होटलमा
धादिङ धुनिबेशी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुंवर शुक्रबार मृत
अवस्थामा फेला परेका छन् । बिहीबारदेखि उक्त होटलमा बसेका उनी ट्वाईलेटभित्र मृत
फेला परेका हुन् ।
भोजपुर, भोजपुर नगरपालिका-२ हेलौछा मगरटोल बस्ने ४८ वर्षीया कमला खवास
आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरी, धरान उपमहानगरपालिका-५ निसानेडाँडा चिसापानी खोला छेउ देबीगाउँ
बस्ने ९० वर्षीय सङ्ख बहादुर तामाङ सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत
अवस्थामा फेला परेका छन् ।
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१ देबिटारमा तेमाल गाउँपालिका-१
सर्सियुखर्क बस्ने ३५ वर्षीय अनिल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, मिर्चैया नगरपालिका-३ राघोपुर बस्ने ३५ वर्षीया गीता देवी यादव आफ्नै
घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१ मजित टोलस्थित तिनाउ खोलाको
किनारमा सोही उपमहानगरपालिका-११ मजुवा बस्ने ३० वर्षीया निशा पुन शनिबार मृत
अवस्थामा फेला परेकी छन् ।
मुस्ताङ, घरपझोङ गाउँपालिका-३ स्याङस्थित कालीगण्डकी नदीको किनारमा हाल,
नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका
छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0